Sun. May 19th, 2024

वागतीमा प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री थपिए

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले दुई जना मन्त्री थप गरि मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा नेपाली काँग्रसका निमा लामा नियुक्ति हुनु भएको छ । उहाँहरूले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ ।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गर्नुभएको छ । भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Facebook Comments