Sun. May 19th, 2024

भुटानमा सैन्य ‘कू’ को प्रयास असफल

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । भुटानमा सैनिक ‘कू’ को प्रयास असफल भएको छ । सैन्य ‘कू’ गराउन खोजेको आरोपमा एक जना सैनिक अधिकारी र दुईजना न्यायाधीशलाई पक्राउ गरिएको छ । सैनिक ‘कू’ गराउन खोजेको आरोपमा सरकारले आरोपमा सुप्रीम कोर्टका दुई जना न्यायाधीश र सेनाका अधिकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ती तीन जनाले भूटानका चीफ जस्टिस, सेना प्रमुख र वरिष्ठ कानून अधिकारीलाई पदबाट हटाउन खोजेका थिए ।

बुधवार प्रहरीले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कुएन्ले शेरिङ्ग, पूर्व सैन्य अधिकारी र पूर्व शाही गार्ड कमाण्डर ब्रिगेडियर थिनले तोबगे र सहयोगी न्यायाधीश येसे दोर्जीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुविरुद्ध थिम्पू जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दाको सुनुवाई १० दिनपछि हुने बताइएको छ ।

तीनै जनाले उच्च ओहदामा बस्नका लागि षडयन्त्र गरेको बताइएको छ । उनीहरुको उद्देश्य आरबीएका प्रमुख अपरेटिङ्ग अफिसर, सर्वोच्च अदालतका चीफ जज र सर्वोच्च अदालतको अटर्नी जनरल वा रजिस्ट्रार जनरल बन्ने थियो ।

भुटान प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश तार्शिंग र जिल्ला न्यायाधीश येशी दोर्जीलाई पक्राउ गरेको छ । न्यायाधीश तार्शिंगलाई उहाँको घरमा नजरबन्दमा राखिएको थियो । एजेन्सी

Facebook Comments