Sun. May 19th, 2024

काठमाण्डौं उपत्यकामा कात्तिक नाच शुरू

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । काठमाण्डौं उपत्यकामा कात्तिक नाच शुरू भएकाे छ । साढे तीन सय वर्षभन्दा पुरानो कात्तिक नाच पाटन मंगलबजारको कात्तिक डबलीमा बुधबारदेखि सुरु भएको हाे।

उक्त नाच यस वर्ष आठ दिनसम्म चल्नेछ डबलीले जनाएकाे छ । राजा सिद्धिनरसिंहले नेपाल संवत् ७६१ मा कात्तिक नाच शुरू गरेका थिए।  कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक/एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका हुन्।

त्यसपछि दुई हप्ता हुँदै कात्तिक महिनाभर पनि नाच देखाउने चलन थियो। यो वर्ष भने आठ दिन हुनेछ। कात्तिक नाच हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिबाट शुरू हुने गर्दछ।

Facebook Comments