Sun. May 19th, 2024

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सीको सम्बोधन

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आज पैचिङबाट भिडियोमार्फत एशिया-प्रशान्त क्षेत्रको आर्थिक व्यापारिक संगठन (एपेक) उद्योग वाणिज्य नेतागण शिखर सम्मेलनमा भाग लिँदै सम्बोधन गर्नुभएको छ । ‘दिगो विकासलाई निरन्तरता दिँदै एशिया-प्रशान्त संयुक्त भाग्य समुदायको संयुक्त निर्माण गरौँ’ भन्ने शीर्षकमा उहाँले सम्बोधन गर्नुहुँदै, विश्वमा फैलिरहेको कोभिड महामारी तथा विश्व आर्थिक पुनरूत्थानको कठिन अवस्थाको पृष्ठभूमिमा एशिया-प्रशान्त क्षेत्रले युगले दिएको जिम्मा वहन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।

एशिया-प्रशान्त संयुक्त भाग्य समुदायको निर्माण गर्न राष्ट्राध्यक्ष सीले ४ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। ती प्रस्ताव यस प्रकार छन्- एक, महामारीको प्रतिरोध गर्दा एकताबद्ध भएर पूर्ण रूपमा प्रयास गर्नुपर्छ। दुई, खुलापन तथा सहयोगमा निरन्तरता दिँदै जानुपर्छ। तीन, हरित विकाससम्म परिणत प्रक्रियालाई अघि बढाउनुपर्छ र चार, नविकरणको सक्रिय प्रवर्द्धन गर्नुपर्छ।

साथै एपेक सम्बद्ध क्षेत्रसँगको सहयोगमा जोड दिँदै सीले भन्नुभएको छ, ‘चीनको आर्थिक विकास एशिया-प्रशान्त क्षेत्रसँगको सहयोग प्रक्रियासँग अघि बढिरहेको छ। चीनमा शुरू भएको समाजवादी आधुनिकिकरण मुलुकको पूर्ण निर्माण भन्ने नयाँ यात्राबाट सो क्षेत्रका लागि अझ ठूलो मौका प्रदान गरिने छ। साथै चीनमा सुधार तथा खुलापनको दृढ संचालनबाट एशिया-प्रशान्त क्षेत्रको आर्थिक विकासको लागि सहयोग दिइने छ।’

चीनमा हरित विकासमा परिणत हुने प्रक्रियालाई पूर्णता दिलाउँदै एशिया-प्रशान्त क्षेत्र लगायत सम्पूर्ण विश्वको पर्यावरणीय सभ्यताको लागि योगदान दिँदै जाने पुष्टि पनि सीले गर्नुभएको छ।

यसका साथै सीले अगाडि भन्नुभएको छ, ‘सहयोग तथा साझा जीतमा केन्द्रित गर्दै चीनले एशिया-प्रशान्त क्षेत्रको आर्थिक विकासमा थप शक्ति राख्दै जाने छ। वास्तविक बहुपक्षवादको पालना गर्दै विश्वको आर्थिक संचालनमा सक्रियताका साथ चीनले भाग लिँदै जाने छ। यसबाहेक, चीनले उच्चगुणस्तरीय बेल्ट एण्ड रोड निर्माणलाई अघि बढाउँदै विश्व्यापी गरिबी निवारण, अन्नबालीको सुरक्षा, पूंजी जुटाउने लगायत विविध क्षेत्रमा हुने सहयोगको प्रवर्द्धन गर्दै जाने छ। जसबाट एशिया-प्रशान्त क्षेत्रको आर्थिक पुनरूत्थान तथा दिगो विकासको लागि थप जीवन्त शक्ति थप्दै विश्वव्यापी संयुक्त भाग्य समुदायको निर्माण गर्न सकिने लक्ष्य भेट्टाइने छ।’ सीआरआई

Facebook Comments