Sun. May 19th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको छैठौं पूर्ण बैठक शुरू

काठमाण्डौं, २०७८ कात्तिक २२ गते सोमबार । चिनियाँ कम्युनिष्ट पार्टी १९औं केन्द्रिय समितिको छैठौं पूर्ण बैठक आज बिहान पैचिङमा शुरू भएको छ।

सो बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी  केन्द्रिय समितिका महासचिव सी चिनफिङले राजनैतिक आयोगको तर्फबाट कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको छ। साथै उहाँले ‘ पार्टीले एक सय वर्षमा हासिल गरेको महत्वपूर्ण उपलब्धि तथा ऐतिहासिक अनुभव सम्बन्धि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निर्णय’ बारे पनि व्याख्या गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति स्कुल विभागका प्राध्यापक ताइ येन च्युनका अनुसार, यस पटकको पूर्ण बैठक चिनियाँ कम्युनिष्ट पार्टीको सतवार्षिकीको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण र ऐतिहासिक अर्थ बोकेको एक महत्वपूर्ण बैठक हो। चिनियाँ कम्युनिष्ट पार्टीले १ सय वर्षको इतिहासबाट बुद्धि र शक्तिको समिश्रण गरेर आफ्नो अठोटलाई सुदृढ पारी राम्रोसँग भविष्यको सिर्जना गर्दै जानेछ।

१ सय वर्षको इतिहास बोकेको चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ नक्सामा विकासको के कस्तो उपलब्धि प्राप्त गरेको छ र कुन कुन मुल्यवान अनुभवको संकलन गरेको छ? यस्ता प्रश्नको जवाफ आगामी ४ दिनसम्म चल्ने उक्त पूर्ण बैठकले प्राप्त गर्नेछ।

Facebook Comments