Thu. May 2nd, 2024

त्रिमूर्तिमा देवकोटा जयन्ती

काठमाण्डौं, २०७८ कात्तिक १८ गते बिहीबार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले काठमाडौँको सञ्चारग्राममा आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।

सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्बारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धान्जली हुनेछ भन्नुभयो ।

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

Facebook Comments