Fri. May 17th, 2024

धनधान्यकी देवी लक्ष्मीको पूजा गरि दीप प्रज्वलन सहित भव्य रुपमा तिहार मनाइँयो

काठमाण्डौं, २०७८ कात्तिक १८ गते बिहीबार । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको तेश्रो दिन हाज धनधान्यकी देवी लक्ष्मीको पूजा गरि दीप प्रज्वलन सहित भव्य रुपमा तिहार मनाइँएको छ ।

आज विहानैदेखि देशैभर लक्ष्मी भित्रियाउन घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत सरसफाई गरिएको थियो । त्यसैगरी घरघरमा बेलुका दीपावली गरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा भव्य रुपमा गरिएको छ । आज काठमाण्डौको बसन्तपुर, दरवारमार्ग, स्वयम्भूनाथ लगायतका क्षेत्रमा दीपावलीको रमिता हेर्नेहरुको घुईचो लागेको थियो । त्यसैगरी रंगी विरंगी पोशाकमा सजिएर घरघरमा भैली खेल्नेहरुको पनि चहल पलह देखिन्थ्यो ।

तस्बिरमा हेर्नुहोस् काठमाडौंको र देशका विभिन्न भागमा गरिएको लक्ष्मी पूजा र दीप प्रज्वलन ।

Facebook Comments