Wed. Apr 17th, 2024

बडा दशैंको टीकाको साईत आज बिहान १० वजेर २ मिनेटमा

काठमाण्डौं, २०७८ असोज २९ गते शुक्रबार । बडा दशैंको टीकाको साईत आज बिहान १० वजेर २ मिनेटमा सबैभन्दा उत्तम रहेको छ । नेपालीहरुको महान चाड बडा दशैंको दशौं दिन भोली विहान १० वजेर २ मिनेटको साईत माता दूर्गा भवानीको प्रसाद ग्रहण गर्न सबैभन्दा उत्तम साईत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेल भन्नुहुन्छ, “टीकाको सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय भनेर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको समय बिहान १० बजेर २ मिनेट भए पनि त्यो समयमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने छैन । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको बिहान १० बजेर २ मिनेट हो ।”

हाम्रो देशमा पूर्णिमाको दिनसम्म पनि टीका लगाउने चलन छ ।

 

 

Facebook Comments