Wed. Apr 24th, 2024

वर्षको एक दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिर खुल्यो, बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाण्डौं, २०७८ असोज २८ गते बिहीबार । वर्षमा एक दिन मात्र खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरिएको हो ।

मन्दिरमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्री पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले गएराति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो ।

Facebook Comments