Fri. Sep 20th, 2024

पृथ्वीको जैविक समुदायको संयुक्त निर्माण गर्ने चीनको इच्छा

काठमाण्डौं, २०७८ असोज २६ गते मंगलबार । चीनले पृथ्वीको जैविक समुदायको संयुक्त निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्यानले आज अक्टोबर १२ तारिख आयोजित पत्रकार सम्मेलनमा बोल्दै खुन मिङ शहरमा आयोजित जैविक विविधता सम्बन्धी सन्धिको १५औं बैठकबाट शुरूवात गर्दै विश्वका विभिन्न पक्षसँग मिलेर व्यवहारिक गतिविधिमार्फत पृथ्वीको जीवन समुदायलाई संयुक्तरूपमा निर्माण गर्न चीन इच्छुक रहेको कुरा बताउनुभयो।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज १२ तारिखको दिउँसो भिडियोद्वारा सो जैविक विविधता सम्बन्धी सन्धिको १५औं बैठकमा सहभागी भई नेताको शिखर सम्मेलनमा सम्बोधन गर्नुका साथै पृथ्वीको जैविक समुदायलाई संयुक्तरूपमा निर्माण गर्न अन्तर्राष्ट्रिय समाजको सहकार्यलाई अरू बलियो बनाउन आह्वान गर्नुभएको छ।

चाउले राष्ट्राध्यक्ष सी चिन फिङको सम्बोधनबाट अन्तर्राष्ट्रिय समाजलाई आयोजक मुलुकको जिम्मेवारी वहन गर्नसक्ने अडान देखाइएको भनेर भविष्यमा विश्वको जैविक विविधताको सुशासन गर्ने उद्देश्य दिइएको कुरा पनि व्यक्त गर्नुभयो। सीआरआई

Facebook Comments