Sun. Apr 28th, 2024

ओलम्पिक च्यानल सञ्चालनमा आउने विशेषज्ञ गोष्ठी पैचिङमा आयोजना

काठमाण्डौं, २०७८ असोज २५ गते सोमबार । चाइना मिडिया ग्रुप अन्तर्गत ओलम्पिक च्यानल सञ्चालनमा आउने विशेषज्ञ गोष्ठी अक्टोबर ११ तारिख पैचिङमा आयोजना गरिएको छ। सो च्यानल विश्वमा २४ घण्टासम्म उपग्रहद्वारा प्रसारण गरिने पहिलो ४-के अल्ट्रा हाइ डेफिनेसन खेलकुद च्यानल रहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्योङले गोष्ठीमा सहभागी हुँदै अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका सदस्य प्रतिनिधि, विद्वान विशेषज्ञ र उत्कृष्ट खेलाडी प्रतिनिधिहरूसँग छलफल गर्नुका साथै सञ्चालनमा आउन लागेको ओलम्पिक खेलकुद च्यानलका लागि राय सुझाव प्रस्तुत गर्नुभएको छ।

चिनियाँ संस्करणको ओलम्पिक च्यानलको सञ्चालन गर्नु नै चाइना मिडिया ग्रुपले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण निर्देशनलाई व्यवहारमा उतार्न र ओलम्पिक खेलकुदलाई चीनमा अझ विकसित पार्नका लागि चालेको एक महत्वपूर्ण कदम रहेको कुरामा महानिर्देशक शनले जोड दिनुभएको छ। सीआरआई

Facebook Comments