Sat. May 18th, 2024

६ घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब डलरभन्दा बढी घाटा

काठमाण्डौं, २०७८ असोज १९ गते मंगलबार । सोमबार राति संसारभरि विभिन्न मुलुकमा फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए ।

झण्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाए पनि फेसबुकलाई यसले निकै ठुलो झड्का लागेको छ ।

ब्लुमबर्गका अनुसार फेसबुक ६ घण्टा बन्दा हुदाँ फेसबुकको शेयर मुल्य ४.९ प्रतिशतले घटेको छ ।

फेसबुकको शेयर मुल्यमा गिरावट आउदाँ फेसबुकका कार्यकारी निर्देशक मार्क जुकरवर्गको सम्पति पनि घटेको छ । ब्लुमबर्गका अनुसार फेसबुकको शेयर घट्दा जुकरबर्गलाई ६ अर्बभन्दा बढी अमेरिकी डलर घाटा लागेको छ ।

शेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घट्दा ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा जुकरबर्ग पाँचौं नम्बरमा झर्दा उहाँ भन्दा पछि रहनु भएका बिल गेट्स उछिनु भएको छ । मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको शेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ। एजेन्सी 

Facebook Comments