Fri. May 17th, 2024

कोरोना भाइरसको अस्तित्व २० वा ५० वर्षअघि नै हुनसक्नेः चिनियाँ रोग विशेषज्ञ

काठमाण्डौं, २०७८ असोज १२ गते मंगलबार । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक काओ फूले कोभिड-१९ को भाइरस २० वा ५० वर्ष पहिले दुनियाँमा कहीँ कतै अस्तित्वमा रहेको हुनसक्ने संभावना अधिक रहेको बताउनुभएको छ।

सन् २०२१ चोङक्वानछुन मञ्चका क्रममा शनिबार उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘हामीले केही वर्षअघि महसुस गरेका छौँ कि कोरोना भाइरसले मानव जातिका लागि चुनौती ल्याउन सक्छ। यो देखिएको छ कि कोभिड- १९ महामारी कालो हाँसको सट्टा खैरो गैँडा जस्तै एक घटना हो।

आफ्नो भाषणमा काओले सन् १९६५ मा खोजिएको कोरोना भाइरसको समीक्षा पनि गर्नुभयो। सन् २००४ मा एच.सी.ओ.भी-एच.के.यू.१ नामक कोरोना भाइरसलाई हङकङ विश्वविद्यालयबाट छुट्याइएको थियो तर पछिल्ला अध्ययनहरूबाट के पत्ता लाग्यो भने एच.सी.ओ.भी-एच.के.यू.१ को नमूना पहिले नै अस्तित्वमा थियो जुन सन् १९९५ मा ब्राजिलमा एक रेफ्रिजरेटर इकाईमा संग्रहित  भाइरस थियो।

‘भाइरसको उद्गम पत्ता लगाउनु एउटा वैज्ञानिक प्रश्न हो।  तथापि आजको कोरोना भाइरसको कोभिड-१९ भनिएको छ, तर यो पनि हुनसक्छ कि कोरोना भाइरसको अस्तित्व आजभन्दा २०, ३० वा ५० वर्ष अघिदेखि नै पनि हुनसक्छ’, निर्देशक काउ फूले भन्नुभयो। सीआरआई

Facebook Comments