Tue. May 7th, 2024

‘चार्ली फोक्स्टर’ सफल हुन एक वर्ष अघिको छलफलले काम गर्यो

काठमाडौं, २०७६ पुष ९ गते बुधबार ।

चीनमा भएको इन्टरपोलको ८७ औं सभामा चीनको बेइजिङ र नेपालको अनुशन्धान अधिकारीबीच अन्तरदेशीय साइबर अपराध रोक्न समन्वय गर्ने सम्झौता भएको थियो । नोभेम्बर २१ सन् २०१८ मा बेइजिङमा भएको ८७ औं सभामा नेपाल प्रहरीका उच्च अनुशन्धान अधिकारी सहभागी हुनुहुन्थ्यो भने चीन सरकारका उच्च प्रहरी अधिकारी समेत सो सभामा सहभागी रहनुभएको थियो ।

सोही बैठकपछि चीन सरकारको अपराध अनुशन्धान हेर्ने एनसीबी बेइजिङले तीन महिना अघि दिएको सूचनालाई पछ्याउने क्रममा नेपाल प्रहरीले एकैदिन १२२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिन सफल भयो । गोरखापत्र अनलाईनका अनुसार इन्टरपोलाको सभामा नेपालमा बसेर दक्षीणपूर्वी एशियाका देशहरूमा हुन सक्ने अन्तरदेशीय साइबर अपराध हुन सक्ने भएकाले नेपाल र चीन चनाखो बन्ने सहमती भएको थियो ।

सोही सहमतीको आधारमा तीनदिन अघि नेपाल प्रहरीले चिनियाँ सरकारको अनुशन्धान गर्ने निकाय एनसिबी बेइजिङको सहयोगमा विद्युतीय अपराधमा संम्लग्नहरूलाई पक्राउ गरेको थियो । एनसीबी बेइजिङको सहकार्यमा भएको अप्रेशनको नाम ‘चार्ली फोक्स्टर’ दिइएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका निर्देशक डिआईजी निरजबहादुर शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘हामीले एनसीबी बेइजिङले दिएको सूचनाको आधारमा केही दिन अघिको अप्रेशन संचालन भएको थियो । सो अप्रेशनमा बरामत भएका विद्युतीय सामाग्री सार्वजनिक गरेका छौं,डिआइजी शाहीले भन्नुभयो ।

केन्द्रीय अनुशन्धान व्यूरो(सिआइबी)मा पत्रकार सम्मेलनको आयोजना गरि १२२ जना चिनियाँ नागरिकसँग बरामद गरेको विद्युतीय सामाग्री सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको विद्युतीय सामाग्रीमा मोवाइल ७४७ थान, ल्यापटप ३३१ थान, सीपीयू ९८ थान, मोनिटर ९९ थान, पेन ड्राइभ २२ थान, सिमकार्ड ३२७ थान र राहदानी ६७ थान बरामद गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले गैरकानुनी कृयाकलाप तथा विद्युतीय अपराध गरेको आशंकामा काठमाडौंको तारकेश्वर–१ मनमैजु,काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज, बुढानिलकण्ठ–३ का नौ वटा घरमा छापा मारेको थियो । प्रहरीले नौ वटा घरवाट १२२ जना चिनियाँलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका मध्ये आठ जना महिला रहेका छन् भने अरु पुरुष रहेका छन् ।

चिनियाँ नागरिकहरुलाई पक्राउ गरेसँगै अस्वभाविक रुपमा अत्याधिक संख्यामा ल्यापटप, मोवाइलहरु शंकास्पद रुपमा भेटिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । १२२ जना चिनियाँ नागरिक पक्राउ परेपनि ६७ जनाको मात्रै राहदानी हुनु अझै शंकास्पद रहेको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकहरुलाई पक्राउ गर्न खोज्ने क्रममा निजहरूले महिला प्रहरीलाई दुव्र्यवहार समेत गरेका थिए ।

प्रहरीले प्रचलित कानुन बमोजिम दुव्र्यवहार तथा अन्य अपराधमा समेत संम्लग्न रहेको आंशका रहेकाले पाँच दिनको म्याद थप गरेर अनुशन्धान भैरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा केन्द्रीय अनुशन्धान व्यूरो, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments