Sun. May 19th, 2024

ईसाई धमावलम्बीको विशेष पर्व क्रिसमस धुमधामका साथ मनाईयो

काठमाडौं, २०७६ पुष ९ गते बुधबार ।

इसाई धर्मका संस्थापक प्रभु येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा देशभर ख्रिष्टियन समाज तथा विद्यालयहरुले विभिन्न कार्यक्रमका साथ भव्य रुपमा क्रिसमस मनाएका छन् ।

डिसेम्बर २५ का दिनमा आजभन्दा करिब दुईहजार १९ वर्षअघि इजरायलेको जेरुसेलमस्थित बेथेलहेममा पिता स्वर्गदुत र माता मरियमको कोखबाट येशु ख्रिष्टको जन्म भएको मान्यता रहेको छ ।

‘जिसस क्राइस्ट’को नामले पनि पुकारिने येशुको जन्म दिवसको उपलक्ष्यमा सरकारले उक्त धर्म मान्ने धर्मालम्बीहरुलाई सार्वजनिक विदा दिएसँगै यो दिवसको रौनकतामा बैग्ले छाएको छ ।

मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसका अवसरमा देशभरका इसाई धर्मावलम्बीले विशेष प्रार्थना तथा कार्यक्रम गरेका छन् ।

राजधानीका पाँचतारे होटलदेखि सामान्य रेस्टुराँहरूमा ‘क्रिसमस’ निकै सजाइएका छन् । रेस्टुरेन्टहरूमा हिउँको थुप्रोजस्तो सेतो कपासले सजिएका ‘क्रिसमस ट्री’ अर्थात् क्रिसमस रुख पनि आकर्षक देखिन्छ ।

क्रिसमसका अवसरमा सान्ता क्लाउजसँग रमाएर तस्बिर खिच्ने, कृतिम हिउँ सिर्जना गरेर रमाउने, रङ्गीविरङ्गी र बत्तीले झकिझकाउ पारिएका क्रिसमस रुखअगाडि सेल्फी लिनेको बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments