Fri. May 3rd, 2024

कोरोना भाइरसबाट हालसम्म विश्वमा २२ करोड ४५ लाख मानिस संक्रमित

काठमाडौं, २०७८ भदौ २९ गते मंगलबार । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वमा २२ करोड ४५ लाख मानिसहरु संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनले सोमबार जारी गरेको तथ्यांकका अनुसार कोरोनाबाट हालसम्म संक्रमित हुनेहरुको संख्या २२,४५,११, २२६ पुगेको छ ।

मध्यपूर्वको समय अनुसार १३ तारिख बेलुकी ५ बजेर ३६ मिनेटसम्ममा विश्वमा कोरोना भाइरस पुष्टिहुनेहरुको संख्या अघिल्लो दिनको तुलनामा ३,३०,८१५ जनाले बढेको छ । त्यसैगरी सोही अवधिमा मृत्यु हुनेहरुको संख्या ६३३५ पुगेको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वमा ४६,२७, ५४० जनाले ज्यान गुमाएका छन् ।

Facebook Comments