Mon. Mar 31st, 2025 01:26:36

राष्ट्राध्यक्ष सी चिनफिङबाट “पठारभूमि सीमाको रक्षा मोडेल शिविर”का सबै सैनिकलाई जवाफी चिट्ठी

काठमाडौं, २०७८ भदौ २९ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ‘पठारभूमि सीमाको रक्षा मोडेल शिविर’ का सबै सैनिकलाई जवाफी चिठ्ठी पठाएर अभिवादन गर्नुभएको छ।

चिट्ठीमा राष्ट्राध्यक्ष सीले लख्नुभएकोछ, “पाँच वर्षयता तपाईहरूले पार्टी तथा जनताबाट दिइएको मिशन दृढताका साथ याद गर्दै जीवनको प्रतिबन्धित क्षेत्रमा युवा र रगतद्वारा पवित्र मातृभूमिको रक्षा गरी कार्य राम्ररी पूरा गर्दैआउनु भएको छ। तपाईहरु कत्ति मजाको र इमान्दार हुनुहुन्छ।”

पत्रमा सीले सिमानामा तैनाथ सेनाहरूले कठिन कार्य र भारी जिम्मेवारी वहन गरेको शव्द पटक पटक दोहोर्याउनुभएको छ। उहाँहरूले राम्रो परम्परालाई अगाडि बढाउनुका साथै सैन्य अभ्यास तथा तयारीलाई सबल पारी पार्टी र जनताका लागि सीमाको रक्षा गर्ने कर्तव्यलाई ईमान्दारीपूर्वक व्यवहारमा उतार्ने आशा पनि सीले प्रकट गर्नुभएको छ।

“पठारभूमि सीमाको रक्षा मोडेल शिविर” ४८०० मिटर उचाइको क्षेत्रमा तैनाथ रहेको छ। त्यहाँ सबैभन्दा न्यूनतम तापमान माइनस ४० डिग्री छ। सन् २०१६ मा उक्त शिविरलाई “पठारभूमि सीमाको रक्षा मोडेल शिविर”को मानार्थ शीर्षक दिइएको थियो। केही समयअघि शिविरका सबै सैनिकहरूले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाएर पाँच वर्षको कार्यबारे जानकारी दिएका थिए। सीआरआई

Facebook Comments