Wed. May 15th, 2024

अफगानिस्तानलाई आर्थिक संकटबाट मुक्त गर्न राष्ट्रका महासचिवको अपिल

काठमाडौं, २०७८ भदौ २९ गते मंगलबार । संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसले अफगानिस्तानलाई आर्थिक संकटबाट मुक्त गर्न अपिल गर्नु भएको छ । बिस वर्षभन्दा लामो समयदेखि निरन्तर चलिरहेको आन्तरिक युद्ध र बाह्य हस्तक्षेपको कारण जर्जर बनेको त्यहाँको अर्थतन्त्रलाई उकास्न महासचिव गुटेरेसले सो अपिल गर्नुभएको हो ।

अपिलमा गुटेरेसले अंतर्राष्ट्रीय समुदायलाई चर्को आर्थिक संकट भोगिरहेको अफगासिस्तान र त्यहाँका जनताको पक्षमा उभिन आग्रह गर्नुभएको छ । उहाँले अफगानिस्तानलाई यत्तिवेला पैसा र सहयोग चाहिएको बताउनु भएको छ । महासचिव गुटेरेसले सोमबार स्विटजरल्याण्डको जेनेभामा सो अपिल गर्नुभएको हो । १३ तारिख सोमबार कै दिन महासचिव गुटेरेसले अफगानिस्तानको मानवीय अवस्थालाई मध्यनजर गर्दै मन्त्रिस्तरीय बैठक पनि बोलाउनु भएको थियो । सो बैठकमा गुटेरेसले दसकौंसम्मको युद्ध, पीडा, असुरक्षाको कारण अफगानिस्तानका जनताले सबैभन्दा ठूलो खतराको सामना गर्नुपरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो अब अन्तर्राष्ट्रीय समुदायले अफगानिस्तानलाई सहयोग गर्ने समय आएको छ । यत्तिवेला त्यहाँका जनतालाई खानेकुरा, कपडा र स्वास्थ्य चाहिएको छ । बीबीसी

Facebook Comments