Thu. Dec 26th, 2024

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्काे बैठक असोज ४ गते

काठमाडौं, २०७८ भदौ २९ गते मंगलबार । प्रतिनिधिसभा संसदको मङ्गलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विधयेकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने पनि सभामुख सापकोटाले बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध जनाएको थियो ।

Facebook Comments