Sat. May 4th, 2024

दुवै हात नभएका चिनियाँ पौडी खेलाडीद्वारा कीर्तिमानसहित चार स्वर्ण

काठमाण्डौं, २०७८ भदौं १८ गते शुक्रबार । दुवै हात नभएका चिनियाँ पौडी खेलाडी चंग थाओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चारवटा स्वर्ण पदक जितेपछि चर्चित हुनुभएको छ । “छोरी, मलाई हेर ( मसँग हात नभए पनि म चाहिँदो छिटो पौडिन सक्छु” )   एउटा पौडी जितेपछि चंग थाओले छोरीका लागि राखेको भिडिओ सन्देशमा भन्नुभएको छ ।

बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाउनु भएका चंग थाओले फ्रीस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्पर्धामा कीर्तिमान भङ्ग गर्दै स्वर्ण पदक जित्नु भएको हो । उहाँले सबै एकल स्पर्धामा विश्व वा पाराओलिम्पिक्स कीर्तिमान भङ्ग गर्नुभएको छ ।

बुधवार उहाँले ५० मि फ्रिस्टाइलमा पाराओलिम्पिक्स कीर्तिमानसाथ जितेको पदकको भने चिनियाँ सामाजिक सञ्जालमा धेरै चर्चा भएको छ। सो पदक चीनले सन् १९८४ मा भाग दिन थालेदेखि पाराओलिम्पिक्समा जितेको ५०० औँ स्वर्ण पदक हो।

उहाँले १३ वर्षको हुँदा पौडी खेल्न सुरु गरेको र त्यसको छ वर्षपछि नेदरल्यान्डमा भएको विश्व च्याम्पिअन्शिपमबाट प्रतिस्पर्धा गर्न सुरु गर्नुभएको थियो । सन् २०१२ को लन्डन पाराओलिम्पिक्समा १०० मिटर ब्याकस्ट्रोकमा उहाँले स्वर्ण पदक जित्नु भएको थियो । बीबीसी

Facebook Comments