Sat. May 18th, 2024

तालिबान भन्छ, कश्मीरका मुसलमानहरुको पक्षमा बोल्ने उसलाई अधिकार छ

काठमाण्डौं, २०७८ भदौं १८ गते शुक्रबार । तालिबानले कश्मीरका मुसलमानहरुको पक्षमा बोल्ने उसलाई अधिकार भएको बताएको छ । तालिबानका प्रवक्ता सुहैल शाहीनले भन्नुभयो, उनीहरुसँग जम्मू-कश्मीरका मुसलमानहरुको पक्षमा बोल्ने अधिकार छ ।

बीबीसीसँग जुम भिडियो अन्तरवार्तामा बोल्दै उहाँले अमेरिकासँग सम्पन्न भएको दोहा सम्झौताको कुरा उठाउँदै भन्नुभयो, कुनै पनि देशका विरुद्ध हतियार अभियान चलाउनु तालिबानको नीतिभित्र पर्दैन । तर उहाँले भन्नुभयो, “एक मुसलमानको नाताले भारतको कश्मीर अथवा अन्य कुनै पनि देशका मुसलमानहरुको पक्षमा आवाज उठाउनु हाम्रो अधिकार हो ।” “हामी भन्छौं कि मुसलमान तपाईहरुकै देशका नागरिक हुन्, उनीहरुलाई पनि कानून बमोजिम अरुलाई सरह व्यवहार गरिनु पर्छ ।” बीबीसी

Facebook Comments