Fri. May 17th, 2024

चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला, २०२१ पैचिङमा शुरू

काठमाण्डौं, २०७८ भदौं १८ गते शुक्रबार । चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला, २०२१ सेप्टेम्बर २ तारिख पैचिङमा शुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोद्वारा सो मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको थियो । उहाँले “बीआरआई” प्रस्तावको परियोजनामा सहभागी भएका मुलुकहरूसित सम्बन्धित सेवाको व्यवसायलाई विकास गर्न चीनले थप समर्थन गर्ने कुरा बताउनु भयो।

चीनको प्राविधिक विकासको हित विश्वका विभिन्न मुलुकसँग शेयर गर्ने साथै चीनले पैचिङ लगायतका अरू शहरलाई अन्तर्राष्ट्रिय उच्चस्तरीय स्वायत्त व्यापारिक क्षेत्र तथा डिजिटल व्यापारिक क्षेत्रको निर्माण गर्ने कुरा पनि सी चिनफिङले सम्बोधनमा व्यक्त गर्नुभएको छ ।

सन् २०१२ वर्षदेखि अहिलेसम्म चिनियाँ अन्तर्राष्ट्रिय सेवाको व्यापारिक मेला ७ पटक आयोजित भएको छ। यो मेला विश्वमा सेवाको व्यापारिक क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी मानिन्छ साथै यो एउटा व्यापक व्यापारिक मञ्च हो। गत वर्ष सो मेलामा चीनका राष्ट्राध्यक्ष सीले पैचिङमा एउटा अभिनव विज्ञान र प्राविधिक क्षेत्र, सेवाको खुला क्षेत्र साथै डिजिटल आर्थिक क्षेत्रको निर्माण गर्ने कुरा बताउनुभएको थियो। यस वर्ष यो व्यापारिक मेला सेप्टेम्बर २ देखि ७ तारिखसम्म पैचिङमा आयोजित हुनेछ। १ सय ५३ वटा मुलुक तथा क्षेत्रबाट आएका १० हजार भन्दा बढी उद्योग व्यवसाय सो मेलामा सहभागी भएको जनाइएको समाचार छ।

भिडियो सम्बोधनमा बोल्दै राष्ट्राध्यक्ष सीले विभिन्न पक्षहरूसँगै मिलेर खुलापन, सहकार्य, आपसी हितयुक्त र साझा जीतलाई कायम राख्नुका साथै सेवा व्यापार विकास हुने सुअवसरको उपभोग गरी विश्व अर्थतन्त्रको पुनरूत्थान र बृद्धिलाई अघि बढाउँदै जान चीन इच्छुक रहेको कुरा औंल्याउनुभएको छ।

भिडियो सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले मझौला र ससाना व्यवसायको विकासलाई चीन सरकारले निरन्तर रूपमा समर्थन गर्नुका साथै तेस्रो सुधारको चरणलाई गहन गर्दै जाने, पैचिङ स्टक कारोबार स्थान खडा गर्ने र सेवागत सिर्जनशील हुने मझौला र ससाना व्यवसायको मुख्य स्थलको निर्माण गर्ने कुरामा पनि जोड दिनुभएको छ। सीआरआई

Facebook Comments