Tue. Dec 24th, 2024

मोरङमा नेपाली कांग्रेसको पार्टी अधिवेशन सारियो

काठमाण्डौं, २०७८ भदौं १८ गते शुक्रबार । क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेको भन्दै मोरङमा नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशन केही दिनका लागि सरेको छ । वडा तहदेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँले मोरङमा कूल ३० हजार ५ सय ३२ जना क्रियाशील सदस्य रहेकामा १६ हजार २ सय ७७ जनाको नवीकरण र अन्य नयाँ रहेको बताउनु भयो । मोरङमा जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान सिंह राजभण्डारी, यदु विष्ट र मदन सङ्ग्रौलाका साथै उपसभापतिका लागि वर्तमान सचिव मोदराज घिमिरे, नागेश कोइराला र गोपालबहादुर थापाको नाम चर्चामा छ ।

सचिवमा शिव ढकाल र ललित श्रेष्ठको नाम चर्चामा रहे पनि थप उमेदवार देखापर्न सक्ने पार्टीका क्रियाशील सदस्यको भनाइ छ ।

Facebook Comments