Sat. May 18th, 2024

नेपाल र भारतबीचको फुटबल खेल बराबरीमा टुंगियो

काठमाण्डौं, २०७८ भदौं १७ गते बिहीबार । मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक-एक गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेर अग्रता दिलाउनु भएको थियो । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गोलमा परिणत गर्नुभएको हो ।

तर नेपालको अग्रता दोस्रो हाफमा रहन सकेन । भारतका अनिरुध थापाले खेलको ६० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउनु भएको हो ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आउँदो शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।

Facebook Comments