Sat. Jul 27th, 2024

सीमा समस्यामा भारतले ‘जबाफी पत्र’ पठायो

काठमाडौं, २०७६ पुष ८ गते मंगलबार ।

भारतले कालापानीलाई आफ्नो भू-भागमा समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादलाई सम्बोधन गर्न र समाधान खोज्‍न तयार रहेको भन्दै नेपाललाई कुटनीतिक नोट पठाएको छ।

भारतले कालापानीलाई आफ्नो भू(भागमा समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि डेढ महिनादेखि यसमा बहस र विवाद भइरहेको छ। सीमा समस्या समाधानका लागि उच्चस्तरमा वार्ता गर्नका लागि नेपालले पत्र पठाएको एक महिनापछि भारतले जवाफ स्वरुप कुटनीतिक नोट पठाएको हो।

भारतले नेपालको जमिनलाई समेत आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि परराष्ट्र मन्‍त्रालयले एक महिनाअघि त्यसको विरोधमा कूटनीतिक नोट पठाएको थियो।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको संचारकर्मीसँग पुष्टि गर्नुभएको छ । तर कस्तो व्यहोराको पत्र आएको भन्‍नेबारेमा परराष्ट्रमन्‍त्री र मन्‍त्रालयले पनि औपचारिक रुपमा केही खुलाएका छैनन्।

ढिलै भएपनि सीमा समस्या स्वीकार्दै भारतले औपचारिक पत्र पठाउनुलाई सकारात्मक रुपमा लिइएको छ। यसले समस्या समाधानको बाटोलाई सहज बनाएको र अब वार्ताको संभावना निकट भएको परराष्ट्रका एक अधिकारीले बताए।

नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा ुकालापानी(सुस्ता क्षेत्रको समस्या समाधानका लागि भारत तयार रहेकोु उल्लेख छ। पत्रमा आपसी समझदारीमा उपयुक्त समयमा वार्ता गर्न सकिने व्यहोरा उल्लेख छ।नेपालले पठाएको पत्रमा पनि परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै यो विषय हल गर्नुपर्ने उल्लेख थियो।

नोभेम्बर २ मा भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि सिमा विवाद फेरि चर्किएको थियो। भारतले जारी गरेको नयाँ नक्शामा लिम्पियाधुरा र लिपुलेकलाई पनि आफ्नो भूभागको रुपमा समेटिएको छ।

Facebook Comments