अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपालीलाई काठमाडौं ल्याइयो
काठमाण्डौं, २०७८ भदौं १ गते मंगलबार । अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उहाँहरुलाई काठमाडौ ल्याउन सफल भएको मन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो ।
उहाँहरुलाई अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सको विमानले उद्धार गरेर कुबेत लगेको र त्यहाँबाट काठमाडौ ल्याइएको हो । जजिरा एअरलाइन्सबाट बिहान १०ः१५ बजे उद्धार गरिएका नेपाली काठमाडौं आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।
उद्धार गरिएका नेपालीलाई आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरिने र त्यसपछि घर पठाइने बताइएको छ । गोरखापत्र अनलाईन
Facebook Comments