Mon. Sep 23rd, 2024

नेपाली काङ्ग्रेसको महाधिवेशन मङ्सिर ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय

काठमाण्डौं, २०७८ साउन ३० गते शनिबार । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिर महिनामा हुने भएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले १४औँ महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको हो । महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभएको हो ।

तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति (आगामी भदौ १६ देखि १९ गतेसम्म) मा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो । केन्द्रीय सदस्य यादवका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी गाउँरनगर वडा अधिवेशन भदौ १८, गाउँरनगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

Facebook Comments