Sat. May 18th, 2024

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र चीनको राज्य परिषदद्वारा ३२औं ओलम्पिक खेलकुदमा सहभागी चिनियाँ प्रतिनिधि मण्डललाई बधाई सन्देश

काठमाण्डौं, २०७८ साउन २४ गते आईतबार । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र चीनको राज्य परिषदद्वारा ३२औं ओलम्पिक खेलकुदमा सहभागी चिनियाँ प्रतिनिधि मण्डललाई बधाई सन्देश गरेका छन्।

उक्त बधाई सन्देशमा यसरी भनिएको छ, ‘चिनियाँ खेलकुद प्रतिनिधि मण्डलले ३२औं ओलम्पिक खेलकुदमा ३८ स्वर्ण पदक, ३२ रजत पदक, १८ काँस्य पदक प्राप्त गरेर मातृभूमि तथा जनताका लागि सम्मान जितेको

छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र चीनको राज्य परिषदले हार्दिक शुभकामना र अभिवादन व्यक्त गर्छन्। विगत सोह्र दिनमा मातृभमि र जनताले प्रतियोगिता स्थलमा रहेका खेलाडी प्रतिनिधिहरूमाथि ध्यान दिएका छन्, चिनियाँ खेलाडीहरूले प्राप्त गरेको हरेक उपलब्धिप्रति खुशी र गौरब लागेको छ।

मातृभूमि र जनताले सुरक्षित र सुचारु रुपमा घर फर्कने प्रतिक्षा गरिरहेका छन्। सीआरआई

Facebook Comments