Sat. May 18th, 2024

पारसको सम्मानमा ७७ नम्बर जर्सी क्यानले प्रयोगमा नल्याउने

तस्विर-पिटर डेल्ला पेन्ना

काठमाण्डौं, २०७८ साउन २४ गते आईतबार । नेपाल क्रिकेट संघ(क्यान)ले पारस खडकाले प्रयोगमा ल्याउने ७७ अङ्कित जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको छ । क्यानले नेपालको क्रिकेटमा पारस खडकाको योगदान लिएर सम्मानमा जर्सी नं ७७ प्रयोगमा नल्याउने निर्णय गरेको जनाएको छ ।

नेपाल क्रिकेट संघका सचिब अशोकनाथ प्याकुरेलले बिहीबार बसेको बैठकले पारसको नेपाली क्रिकेटमा योगदानलाई लिएर कदर स्वरुप उक्त निर्णय गरेको जानकारी दिनुभएको छ । पूर्ब कप्तान पारस खडका गत् साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो । पूर्ब कप्तान खडकाले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेपछि नेपाली क्रिकेट प्रशंसक स्तब्ध भएका थिए ।

क्यानका सचिब प्याकुरेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका अन्य खेलाडीको विदाइ समेत नभएकोले छलफल भएपनि बिदाईबारे पछि निर्णय हुने बताउनुभयो । पारसको जन्म बिक्रम सम्वत् २०४४ कात्र्तिक सात गते भएको हो । सात महिना सात गते जन्म भएकोले पनि पारसले भाग्यशाली नम्बरको रुपमा आफ्नो जर्सी नम्बर प्रयोगमा ल्याउनुभएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments