Thu. May 16th, 2024

भूटानले उपलब्ध गराएको तीन लाख डोज अष्ट्राजेनिकाको खोप काठमाडौं आइपुग्यो

काठमाण्डौं, २०७८ साउन २२ गते शुक्रबार । भूटान सरकारले उपलब्ध गराएको तीन लाख डोज अष्ट्राजेनिकाकाे खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।

गोरखापत्र अनलाईनका अनुसार भूटानले आफ्ना खाेप लगाउन योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहका अनुसार २१ बाकस खोप आइपुगेको छ । भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको छ ।

Facebook Comments