Sun. May 5th, 2024

गठबन्धन कार्यदलले साझा कार्यक्रमको प्रतिवेदन बुझायो

काठमाण्डौं, २०७८ साउन २२ गते शुक्रबार । सत्ता सञ्चालनका लागि गठित कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाएकाे छ ।  सत्ता सञ्चालनका लागि गठित कार्यदलको बिहीबार बसेको बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेको थियो । कार्यदलले आज शुक्रबार बिहान उक्त प्रतिवेदन सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाएको कार्यदलका एक सदस्य देव गुरुङले जानकारी दिनुभएको छ ।

सयुक्त सरकारको साझा न्यूनतम् कार्यक्रमका मुख्य बुँदाहरुमा सयुक्त सरकारका प्राथमिकताहरु त्था नीति तथा कार्यक्रमहरुलाई समेटिएको जानाइएको छ । साथै राष्ट्रिय हितको संवद्धन संघीयताको कार्यन्वयन र संघीय लोकतन्त्रको सेदृणीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता तथा आर्थिक नीति तथा कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ । साथै सामाजिक रुपान्तरण तत्कालीक राहत, पुनर्निमाण र पुनस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्वन्ध जस्ता बुँदालाई समेटिएको बताइएको छ ।

प्रधानमन्त्री देउवासहित शीर्ष नेतृत्वहरुलाई साझा कार्यक्रम र कार्यविधि बुझाउने उक्त कार्यक्रममा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सत्ता सञ्चालनका लागि गठित कार्यदलका सदस्यहरू काँग्रेस नेता डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियाे ।

यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धनद्धारा सरकार सञ्चालनका लागि कार्यदल गठन गरिएको थियो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्व रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रमका लागि निरन्तर छलफल गर्दै आएको थियो । न्यूनतम् साझा कार्यक्रमको टुङ्गो पश्चात् केही दिनभित्रै सरकारले पूर्णता पाउने जनाइएको छ । गोरखापत्र अनलाईन

Facebook Comments