Thu. Apr 25th, 2024

करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु

काठमाण्डौं, २०७८ साउन २१ गते बुहीबार । बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहनु भएको छ ।

बुधबार राति ९ बजेतिर उहाँहरूलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनु भयो ।

घरभन्दा अलि पर मकैबारीमा जंगली बँदेल मार्नका लागि छोडिएको तारबाट उहाँहरूलाई करेन्ट लागेको प्रहरी निरीक्षक ओझाले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ। कान्तिपुर अनलाईन

Facebook Comments