Sun. May 5th, 2024

चीनद्वारा आशियानका १० वटा मुलुकहरुको लागि १९ करोड डोज खोप प्रदान

काठमाण्डौं, २०७८ साउन २१ गते बुहीबार । चीनले आशियान कोभिड महामारी प्रतिरोधी प्रथम साझेदारको रूपमा आशियानका १० वटा मुलुकहरुको लागि १९ करोड डोज खोप प्रदान गरिसकेको छ । यसका अतिरिक्त चीनले अन्य आवश्यक उद्धार सामग्री पनि प्रदान गरेको छ।

चीनका परराष्ट्र मन्त्री वाङ यीले अगष्ट ३ तारिख  चीन-आशियान १०+१ परराष्ट्र मन्त्री सम्मेलनमा भाग लिँदा उक्त जानकारी दिनुभएको हो। प्राप्त जानकारी अनुसार, चीन-आशियान सार्वजनिक सुरक्षा स्वास्थ्य सहयोग प्रस्तावको कार्यान्वयन शुरू भएको छ र चीन-आशियान खोप मैत्री मञ्च पनि सुधारिँदै गइरहेको छ जसबाट खोप नीतिको सम्पर्क तथा सम्बद्ध सूचना बाँड्न सहयोग दिइएको छ। सीआरआई

Facebook Comments