Sat. Jul 27th, 2024

जनवरी ३१ मा इयू बाट बहिरिने प्रस्ताव बेलायती सदनबाट पारित

बेलायती संसदले प्रधानमन्त्री बोरिस जोन्सोनको जनवरी ३१ मा युरोपियन यूनियनबाट बाहिरिने नीतिलाई अनुमोदन गरेको छ । पछिल्लो तीन वर्षदेखि यूरोपियन यूनियनबाट बाहिरिने निर्णयमा राजनीतिक अस्थिरता निम्तिएको थियो ।

गोरखापत्र अनलाईनका अनुसार बेलायतको ‘हाउस अफ कमन्स’मा प्रस्तुत प्रस्तावको पक्षमा २३४ सांसदले मतदान गरेका छन् । १२४ सांसदले विपक्षमा मतदान गरेका छन् । मतदानपछि प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटबाट बाहिरिने मुद्दामा एक पाइला अगाडि सरेको प्रतिक्रिया दिनुभयो । विपक्षी लेबर पार्टीका नेता जिरेमी कोर्बिनले ब्रेक्जिटबाट बाहिरिन अझै राम्रो र निष्पक्ष बाटो रहेको भन्दै आफ्ना सांसदलाई प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको थियो । यद्दपी लेबर पार्टीका छ जना सांसदले सरकारको पक्षमा मतदान गरे ।

यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गर्नुभएको उक्त विधेयक सदनले अस्वीकृत गर्दा उहाँ राजिनामा दिनुपरेको थियो । २७ राष्ट्र सम्मिलित यूरोपियन यूनियनबाट बाहिरिएपछि आगामी मार्च महिनादेखि ब्यापार, सुरक्षा, डाटा, यातायातमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्न सुरु गर्नेछ ।

Facebook Comments