Thu. May 16th, 2024

अमेरिकी रक्षामन्त्रीले भूराजनीतिक स्वार्थका लागि चीनलाई बदनाम गरिरहेको चीनको परराष्ट्रमन्त्रालयको भनाई

काठमाण्डौं, २०७८ साउन १४ गते बिहीबार । अमेरिकी रक्षामन्त्रीले भूराजनीतिक स्वार्थका लागि चीनलाई बदनाम गरिरहेको चीनको परराष्ट्रमन्त्रालयले बताएको छ ।

चीनको परराष्ट्रमन्त्रालयले जुलाइ २८ तारिख पैचिङमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता चाउ लीच्येनले हालै अमेरिकी रक्षामन्त्रीको चीनसम्बन्धी भनाइबारे प्रश्नको जवाफ दिँदै त्यस विषयमा चीनको अडान स्पष्ट र निरन्तर रहेको बताउनुभयो। अमेरिकाले तथ्यमा बेवास्ता गरी चीनलाई बदनाम गरिरहेको उद्देश्य नै आफ्नो भूराजनीतिक स्वार्थ रहेको प्रवक्ता चाउले व्यक्त गर्नुभयो। चीन विषयमा हस्तक्षेप नगरी स्वक्षेत्रीय शान्ति र स्थिरताका लागि फाइदायुक्त कुरा गर्न चीनले अमेरिकालाई आग्रह गरेको पनि उहाँले बताउनुभयो।

सीआरआईका अनुसार प्रवक्ता चाउले चीन-अमेरिका सम्बन्धमा चीनको अडान स्पष्ट छ कि अमेरिकाले चीनसम्बन्धी ठीक बुझाइ लिएर चीनसँग एकै दिशातिर हिँडेर आपसी सम्मान, न्यायपूर्ण प्रतिस्पर्धा, शान्तिपूर्ण सहअस्तित्वलाई स्वीकार गरी दुई देशबीचको सम्बन्धलाई स्वस्थ्य तथा स्थिर विकास गर्नुपर्ने पर्नेछ ।

Facebook Comments