Mon. Dec 23rd, 2024

चीनमा धूलोको आँधीले पूरै सहरलाई छोप्यो (भिडियोमा हेर्नुहोस्)

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । चीनको पश्चिम उत्तरमा मरुभूमिबाट आएको धूलोयुक्त आँधीले एउटा सहरलाई पूरै छोपेको छ । तुन्हु आङ शहरमा धूलोको मुस्लो जमिनभन्दा १०० मिटरमाथि सम्म पुगेको थियो।

त्यतिबेला खिचिएको भिडिओमा तुन्हु आङ शहरका अग्ला भवन र अन्य संरचनालाई धूलोयुक्त आँधीले पुरै छोपेको छ । सो शहर गोबी मरुभूमि छेउमा रहेको छ । आँधी चलेपछि प्रशासनले सवारी साधन केही समय रोकेको थियो ।

आईतबार जुलाई २५ दिउसो ३ वजे आएको सो आँधीबाट के कति क्षति भयो सो विवरण भने प्राप्त भएको छैन । तर एक्कासी आँधी आउँदमा स्थानियबासिन्दाहरुमा डरलाग्दो त्रास देखिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

Facebook Comments