Sat. May 18th, 2024

गौरिका सिंहद्वारा टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

हिट चरणमा गौरिकाले १ः००।११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहनुभयो । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गर्नुभएको हो ।

यसअघि गौरिकाको नाममा १ः००।६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।

Facebook Comments