Fri. May 17th, 2024

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्थोनी जे. ब्लिंकेनले मंगलबार टेलिफोन वार्ता गर्नुभएको छ । सो अवसरमा विदेशमन्त्री ब्लिंकेन र प्रम देउवाले हालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको पन्ध्र लाख कोभीड-१९ भ्याक्सिन लगायत नेपाल-अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी गर्नुभएको नेपालस्थिन अमेरिकी दूतावासले जनाएको छ ।

उहाँहरूबीच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबीचको समन्वयबारे पनि छलफल भएको थियो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । गोरखापत्र अनलाईन

Facebook Comments