Sat. May 18th, 2024

ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नुहुँदै

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार ।  टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । गौरिकाले महिलाको १ सय मिटर फ्री-स्टाइलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहनुभएको । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् ।

सिंह १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुनुहुन्छ । टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । तर, उहाँ हिट चरणबाटै बाहिरिनुभएको छ ।

भ्वाईस अफ काठमाडौं परिवार गौरिका सिंहलाई स्वर्ण पदक प्राप्त गर्न अग्रिम शुभकामना व्यक्त गर्दछ ।

Facebook Comments