Sat. Apr 20th, 2024

श्रमिक लैजान कोरिया सकारात्मक, मन्त्रालयको निर्णय कुर्दै विभाग

काठमाण्डौं, २०७८ साउन ५ गते मंगलबार । वैदेशिक रोजगारीको आकर्षण रोजगारीको गन्तव्य मानिएको दक्षिण कोरियामा कोरोना महामारीका कारण नेपाली श्रमिक जान पाएका छैनन् । यसै बीच दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत श्रमिक लैजाने विषयमा सकारात्मक भएको छ ।

कोरियाले नेपाली श्रमिकलाई शर्त सहित लैजान इच्छुक भएको वैदेशिक रोजगार विभागले बताएको छ । रोकिएका श्रमिकले निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजाने विषयमा एचआरडी सकारात्मक वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो । इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको निश्चित मापदण्ड पालना गरेर लैजाने विषयमा सकारात्मक देखिएको जानकारी दिनुभयो ।

एचआरडीको पहिलो सर्त डाइरेक्ट उडान हुनुपर्ने , श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ विभागले बताएको छ । यसै गरि कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य श्रमिक आफनै खर्चमा बस्नुपर्ने पनि सर्त एचआरडी राखेको छ । उक्त शर्तको निर्णय बिभागले मात्र गरेर नहुने भएकोले मन्त्रालयले गर्नु पर्ने भएकोले मन्त्रालयले यस विषयमा छलफल गरिरहेको उहाँले बताउनुभयो । मन्त्रालको निर्णय आए लगतै रोकिएका श्रमिक पठाउन सुरु गरिनेछ ।

कोरियाले अन्य देशबाट श्रमिक लैजान सुरु गरि सकेको र नेपाली पनि लैजान सकारात्मक रहेको विभागको भनाइ छ । कोरोना महामारीका कारण गत वर्षदेखि नै ईपीएसको सबै प्रक्रिया पूरा गरी जाने तयारीमा रहेका आठ हजार बढी नेपाली श्रमिक दक्षिण कोरिया रोजगारीमा जान पाएका छैनन् । यसै गरि तीन हजार बिदामा आएकाहरू गत वर्षदेखि नै रोकिएको अवस्था छ । कोरियामा केही दिन अघि श्रमिकको तलब बढेको छ । सबैै प्रक्रिया पूरा गरे पनि जान नपाएको भन्दै रोकिएका श्रमिकले छिटो कोरिया जाने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्दै आएका छन् । गोरखापत्र अनलाईन

Facebook Comments