Wed. Apr 24th, 2024

कोभिड-१९ भाइरसको स्रोतको खोजीमा भएको राजनीतिकरणको ४८ मुलुकद्वारा प्रतिरोध

काठमाण्डौं, २०७८ साउन ५ गते मंगलबार । जेनेभास्थित संयुक्त राष्ट्र संघका ४८ वटा स्थायी प्रतिनिधि कार्यालयले जुलाई १५ तारिख विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अढानोम घेब्रेयसुसलाई एउटा पत्र पठाई विश्वव्यापी कोभिड-१९ भाइरसको स्रोत खोज अध्ययनमा समर्थन गर्नुका साथै स्रोतको खोजीलाई राजनीतिकरण गर्न खोजिएको प्रति ध्यानाकर्षण गराएका छन्।

ती मुलुकहरूले सो पत्रमा भाइरस सम्पूर्ण मानव जातिको शत्रु भएका कारण अन्तर्राष्ट्रिय समाजद्वारा साझा प्रयासमार्फत भाइरससँगको लडाईंमा विजय हुनसक्ने कुरा व्यक्त गर्दै भाइरसको स्रोत खोजीका क्रममा अध्ययन सहकार्य धेरै महत्वपूर्ण भएको कुरा लेखिएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले आफ्नो हित र उद्देश्य प्राप्तिका लागि अमेरिक समेतका केही मुलुकले कोभिड-१९ भाइरस महामारीलाई राजनीतिकरण गरी वैज्ञानिकहरूद्वारा अध्ययन गरिएको परिणामलाई उपेक्षा गरेको टिप्पणी गरेका छन्। सीआरआई

Facebook Comments