Thu. May 16th, 2024

कोरोना विरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाउन सुरु

- प्रधानमन्त्री देउवाद्वारा विभिन्न खोप केन्द्रको निरीक्षण

तस्बिर- सुजन गुरूङ्ग

काठमाण्डौं, २०७८ साउन ४ गते सोमबार । कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाउन सुरु गरिएको छ । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज काठमाडौंका विभिन्न खोप केन्द्रमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमनपनि गर्नुभएको छ । उहाँले आजै बिहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको हो ।

उहाँले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो पहिलो प्राथमिकता आम जनतालाई खोप उपलब्ध गराउने रहेको बताउनुभएको थियो । जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले एक मात्रा मात्र लगाए पुग्ने खोप हो । यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ ।

Facebook Comments