Tue. Dec 24th, 2024

एमालेले देउवालाई मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्यो

काठमाण्डौं, २०७८ साउन ४ गते सोमबार । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रिय कमिटीको बैठकले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनासांसदलाई स्पष्टीकरण सोधेको छ । आज ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन र कम्युनिस्ट आदर्श विपरित देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठक पार्टीभित्रको विवाद मिलाउन १० बुँदे प्रस्तावकै आधारमा बसेको जानकारी दिनुभयो । सो बैठकले १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको छ । पार्टीको अर्को बैठक भोलि मङ्गलवार दिउँदो ३ बजे बस्ने बताईएको छ ।

Facebook Comments