Sat. Sep 28th, 2024

अपहरणकारीबाट अफगानी राजदूतकी छोरी मुक्त

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार । पाकिस्तानका लागि अफगानिस्तानका राजदूत नजिब अलिखिलकी छोरी अपहरण मुक्त हुनुभएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा राजदूत अलिखिलकी छोरी सिलसिला अलिखिल शुक्रवार केही घण्टा अपहरणकारीको कब्जामा पर्नु भएको थियो ।

छोरी सिलसिला अलिखिललाई हमलाकारीले अपहरण गरेर घाइते बनाइदिएको अधिकारीहरूले बताएका छन्। अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ राजदूतकी छोरीलाई ‘चरम यातना’ दिइएको थियो र उसले त्यसबारे असन्तुष्टी दायर गर्नेछ।  दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावयुक्त छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार २० वर्षकी सिलसिला अलिखिललाई उहाँ यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आक्रमणकारीले पीटपाट गरेका थिए। अपहरणमुक्त भएपछि उहाँको एउटा अस्पतालमा उपचार गरिएको थियो।

राजदूत नजिब अलिखिलले “अमानवीय आक्रमण”को भत्सर्ना गर्दै अहिले उहाँकी छोरीको अवस्था “ठीक हुँदै गएको” बताउनु भएको छ। यसैबीच अफगानी विदेश मन्त्रालयले आफ्नो “गम्भीर चिन्ता” व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ। राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ।

पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिद अहमदले प्रधानमन्त्री इमरान खानले दोषीलाई तत्काल पक्राउन गर्न चाहेको बताउनु भएको छ । अफगानिस्तानमा हिंसा बढिरहेका बेला पछिल्ला हप्तामा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गइरहेको छ।

अफगान सरकारले पाकिस्तानले अफगानिस्तानभर विद्रोह गरिरहेका तालिबान लडाकुलाई सुरक्षित स्थान उपलब्ध गराएको आरोप लगाउँदै आएको छ। तालिबान लडाकुहरूले देशभरमा उसको नियन्त्रण बढाउँदै लगेको छ भने थुप्रै सीमा चौकीमा कब्जा जमाउँदै गएको छ। बीबीसी

Facebook Comments