Sat. May 4th, 2024

एमाले उपाध्यक्ष रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार ।  नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा संसदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएपछि उहाँले पदबाट राजीनामा दिने निर्णय गरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवन प्राङ्गणमा पत्रकारसँग कुरा गर्नुहुँदै नेता रावलले सो घाषणा गर्नुभएको हो । उहाँले सभामुख अग्नीप्रसाद सापकोटालाई राजीनामा बुझाउनुभएको छ । देश र जनतालाई सर्वोपरि ठानी आफूले अनैतिक राजनीति गर्नुभन्दा त्यसबाट अलग हुने निर्णय गरेको बताउनुभयो ।

अछाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित नेता रावल एमाले एकता प्रक्रियाका लागि विवाद मिलाउने कार्यदलको उहाँ संयोजक पनि हुनुहुन्थ्यो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदल संयोजक रहनुभएका नेता रावलले नेपाली राजनीतिमा अनैतिक र अपवित्र प्रक्रिया अघि बढेपछि आफूले राजीनामा दिने घोषणा गरेको बताउनुभयो ।

सभामुख सापकोटालाई सम्बोधन गरी लेख्नुभएको राजीनामा पत्रमा उहाँले लेख्नुभएको छ, “राजनीतिक नेतृत्वबाट देश विपरीतका कृत्य हुँदै गए, नेपाल र नेपालीको शीर निहुँरिदै गएको छ ।” स्वेच्छाचारी र निरंकुश ढङ्गले काम भइरहेको चर्चा गर्नुहुँदै नेता रावलले अगाडि भन्नुभएको छ, “प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार देखिएको छ ।”

देश र जनताको हितलाई सर्वोपरी सम्झिने जसलाई पनि यस्तो कृत्यले घृणा उत्पन्न हुने भन्दै नेता रावलले देशमा अपवित्र राजनीति शुरुभएको बताउनुभयो । नेता नेपाल पक्षबाट कार्यदलका सदस्य बाहेक अन्य सदस्यले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने तयारी गर्नुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments