Sat. May 30th, 2026

४४ औँ विश्व सम्पदा सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्षको शुभकामना सन्देश

       

काठमाण्डौं, २०७८ साउन २ गते शनिबार । जुलाई १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ४४ औं विश्व सम्पदा सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सो शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ कि विश्वव्यापी सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानवजातिको सभ्यताको विकास र प्राकृतिक विकास क्रममा हासिल गरिएका महत्वपूर्ण उपलब्धिहरू हुन् र विभिन्न सभ्यताको आदानप्रदानको महत्वपूर्ण माध्यम पनि हुन्। ती मूल्यवान सम्पदाको राम्रोसँग संरक्षण गर्ने, बिँडो थाम्ने र प्रयोग गर्ने भन्ने काम नै हाम्रो साझा जिम्मेवारी हो र मानवजातिको सभ्यताको निरन्तरता र विश्वको दिगो विकासको आवश्यक माग पनि हो।

विकासको नयाँ विचारलाई व्यवहारमा उतार्दै चीनले विश्वका विभिन्न मुलुक तथा युनेस्कोसँगैसँगै मिलेर सभ्यता बीचको वार्तालाप तथा आदानप्रदानको प्रवर्द्धन गर्ने इच्छा लिएको कुरा पनि राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभएको छ।

सोही दिन ४४ औं विश्व सम्पदा सम्मेलन चीनको फुच्यान प्रान्तीय फुचौ शहरमा शुरू भएको हो। सीआरआई

Facebook Comments