Thu. May 16th, 2024

भेरोसेल खोप सकिएको भन्दै काठमाडौंमा खोप कार्यक्रम स्थगित

काठमाण्डौं, २०७८ साउन १ गते शुक्रबार । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियानअन्तगर्त भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार २८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समितिको असार २९ गतेको निर्णय अनुसार कोभिड-१९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ देखि साउन २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको थियो ।

तर स्वास्थ्य कार्यालयमा हाल मौजुदात रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अर्को सूचना नभएसम्म साउन २ गतेको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको जनस्वास्थ्य कार्यालय काठमाडाैका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

Facebook Comments