Sun. May 19th, 2024

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । अधिवक्ता खम्मबहादुर खाती नेपाल सरकारको महान्यायाधिवक्ता पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा बाजुरा जिल्लाका खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

Facebook Comments