Sat. Apr 20th, 2024

कोरियाको रोजगारी तत्काल नखुल्ने

काठमाडौं, २०७८ असार २८ गते सोमबार । नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य कोरियामा कोरोना संक्रमण बढ्दै गएपछि नेपालबाट जाने तयारीमा रहेका युवा अझै केही समय रोकिने भएका छन् । लामो समयदेखि रोएिको कोरियाको रोजगारीमा तत्कालै खुल्ने देखिएको पनि फेरि कोरोना संक्रमण बढेपछि तत्काल नेपाली जाने नदेखिएको हो ।

नेपाली श्रमिकलाई कोरिया प्रवेशमा सहजिकरणका लागि ईपीएस नेपाल र कोरियन पक्षले प्रयास गरिरहेको भएपनि तत्काल जाने सम्भावना नदेखिएको हो । तत्काल कोरिया जाने सम्भावना नदेखिएपछि ईपीएस अन्र्तगत कोरिया जाने श्रमिकका कोरोना बिमाको तयारी गरेको छ ।

ईपीएस अन्र्तगत कोरिया जान रोकिएका नेपाली युवालाई प्रवेश गराउने सम्बन्धमा मानव संशाधन बोर्ड कोरियाले अन्य सरकारी निकायसँग छलफल अघि बढाएको हो । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा काम गरिएका श्रम रोजगार मन्त्रालय, कानुन मन्त्रालय र एचआरडी कोरियाले विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा छलफल अघि बढाएका हुन् । नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गरेपनि एचआरडीले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको छ ।

कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालय अन्र्तगतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालय अन्र्तगतको अध्यागमन विभागले सहजिकरण गर्दै आइरहेका छन् । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम ऐजेन्सीसँग छलफल गरिरहेका छन् ।

कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि केही देशबाट श्रमिक लैजान सुरू गरेपनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाल लगायतका विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोभिड भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निणर्यलाई निरन्तरता दिएको थियो ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख इन्द्र गौतमले नेपाली युवा कोरिया जाने कार्य रोकिएपनि माग भने निरन्तर आइरहेका कारण कोरियाले प्रवेश गराउने तयारी गरिरहेको बुझ्न सकिने बताउनु भयो । कोरियाको कृषि क्षेत्रमा विदेशी श्रमिकको चरम अभाव भएपनि त्यहाँको रोग नियन्त्रण कार्यलयले तत्काल खुल्ला नगरेपछि एचआरडीले प्रक्रिया सहजिकरण गरेको छ ।

कोरियाका रोजगारदाताले विदेशी श्रमिक माग गरिरहेको भएपनि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले प्रवेश अनुमतिलाई निरन्तरता दिएपछि एचआरडीले अवस्था हेरेर खोल्ने तयारी गर्न अनुरोध गरिरहेको छ । नेपालसहित १६ श्रम स्रोत मुलुकले प्रवेशलाई सहजिकरण गर्न सम्बन्धित देशको एनआरडीसँग अनुरोध गर्दै आएको भएपनि संक्रमण नघटेका कारण प्रवेश अनुमति खुला हुन सकेको छैन् ।

नेपाल प्रर्यटन बोर्डका कोरिया प्रतिनिधि एवम एनआरएनए कोरियाका पूर्व अध्यक्ष केपी सिटौलाले कोरिया सरकारले दक्षिण एशियासहित नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकाले कोरिया प्रवेश केही ढिलो भएको बताउनु भयो । कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिएपनि श्रमिकको सम्बन्धमा भने कडाई गर्दै आएको छ । विदेशी श्रमिकलाई कडाई गरेपछि बिदामा नेपाल आउन चहाने र भिसा लिएर कोरिया जाने तयारीमा रहेका हजारौं नेपाली दुवै देशमा रोकिएका छन् ।

वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पाँच हजार डलरको कोभिड-१९ को बिमा गर्न इच्छुक बिमा कम्पनीलाई दर्ता हुन आग्रह गरेसँगै कोरिया जाने प्रवधान भने सुचारु देखिएको छ । बिनाको प्रावधानपछि कोरिया शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड-१९ को बिमा गर्ने कम्पनीलाई आह्वान गरेको छ । ईपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बिमा गराउनुपर्ने तोकिएको छ । कारोबार अनलाईन

Facebook Comments