Mon. May 6th, 2024

नारायणगढ मुग्लिन सडक खुल्ने र बन्द हुने क्रम जारी, तीनको मृत्यु, तीन बेपत्ता

काठमाडौं, २०७८ असार १७ गते बिहीबार । अविरल वर्षाका कारण चितवनमा आएको बाढी पहिरो र चट्याङबाट तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । चितवनको पहाडी क्षेत्र राप्ती नगरपालिकाको वडा नम्वर १२ पर्खालमा पहिरो, कालिका नगर पालिका वडा नम्वर ११ दानटोलमा वाढी र राप्ती नगर पलिका वडा नम्वर ९ मा चट्याङ लागेर गरि तीन जनाको मृत्यु र तीन जना वेपत्ता भएका चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

प्रनाउ थापका अनुसार चट्याङ लागेर मृत्यु हुनेमा राप्ती नगर पलिका वडा नम्वर ९ लालपुरकी ४५ वर्षीया विजुली माया श्रेष्ठ रहेकी छिन् । आफ्नै घर नजिके रहेको खेतमा धान रोपी रहेकी श्रेष्ठलाई दिउँसो चट्याङ लागेपछि उपचारका क्रममा भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै, राप्ती नगर पालिकाको वडा नम्वर १२ पर्खाल मा पहिरोले मेतिराम प्रजा र अन्य एक गरि दुई घर बगाएको छ । घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता छन् । प्रहरीका अनुसार दिउँसो पहिरोले बगाएर मृत्यु हुनेमा एक जना पुरुष रहेका छन् । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै सोही घर बगाउँदा बेपत्ता भएका अन्य तीन जनाको खोजी कार्य जारी रहेको छ । दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले प्रहरी घटनास्थलमा पुगेपछि थप विवरण आउने बताइएको छ । बेपत्ता हुनेहरुको पनि नाम खुल्न सकेको छैन ।

यस्तै, सोही ठाउँमा एक गोठ पहिरोले पुर्दा १६ वटा गाई गोरु, १५ वटा बाख्रा पनि बगाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगर पालिका वडा नम्बर ११ दानटोल निवासी ५१ वर्र्षीय ज्ञान बहादुर चेपाङको शव पहिरोले वगाएको अवस्थामा भेटिएको छ । पहिरो सहित स्थानीय वगचोटी खोलाले बगाएको र उनको झण्डै १ किलो मिटर टाडा घैयाघारी भन्ने स्थानमा शव भेटिएको बताइन्छ ।

चितवनमा पछिल्लो तीन दिनदेखि अविरले वर्षा जारी रहँदा बाढी पहिरो गै रहेको छ । झरीले बुढी राप्ति खोलाको सतह बढेपछि बाघमारामा २० घर पूर्ण रुपमा डुबानमा छन् । रत्ननगर-८, बाघमारामा सुकुम्बासी वस्तीमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी उपरीक्षक ईन्द्र रानाले वजताउनुभयो ।

यस्तै, पूर्वी चितवनकै लदरी खोलाले पाँच घर बगाएको छ । यहाँ कुनै मानवीय क्षति भएको छैन । प्रहरीका अनुसार राप्ति ९ बस्ने वर्ष ४८ को भरतकुमार क्षेत्री, वर्ष ३४ का दिपक तिवारी, वर्ष ५१ का कृष्ण ब. श्रेष्ठ र हीरा श्रेष्ठ र बम बहादुर विकको घर बगाएको हो । यस्तै, रत्ननगर-१६ स्थित कयर खोलामा आएको बाढीमा बगेको स्कुटर र महिलाको पनि स्थानीयले उद्धार गरेका छन् ।

पूर्वी चितवनका प्रायः खोलाको सतह बढेकाले अझैँ पनि जोखिम बढी छ । पूर्व पश्चिम राजमार्ग पनि अहिले ठाँडा खोलामा आएका बाढीका कारण अवरुद्ध भएको स्थानीयले जनाएका छन् । पूर्वी चितवनमा रहेका कयर, लदरी लगायतका खोलाको सतह बढ्दा रत्ननगर, खैरहानी लगायतका वस्तीहरु पनि डुवानको जोखिममा छन् । भरतपुर महानगर पालिकाकै वडा नम्वर २ मा रहेको तरकारी तथा फलफूल मण्डी पनि पुङ्गी खोलाको डुबानमा परेको छ ।

सडक खुल्ने र वन्द हुने क्रमजारी
पहिरो खस्दा अवरुद्ध नारायणगढ मुग्लिन सडक कहिले खुल्ने त कहिले वन्द हुने जारी छ । पहिरोले चार ठाममा अवरुद्ध भएको सडक खुलेको केही घण्टामा नै पुन पहिरो गएपछि अहिले अवरुद्ध छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार नारायणगढ मुग्लिन सडकको केरावारी भन्ने स्थान गएको पहिरोका कारण सो सडक अहिले अवरुद्ध भएको हो ।

बुधवार रातिबाट अवरुद्ध भएको सडक बिहीबार दिउँसो खुला गरिए पनि पुनः बन्द भएको हो । ईच्छाकामना गाउपालिका वडा नम्वर ६ मा पर्ने पाँच किलोमा सवै भन्दा ठूलो पहिरो र अन्य ठाउँ ठाउँमा पहिरो खस्दा गए राति २ः१० वजेवाट सडक अवरुद्ध भएको थियो । त्यो पहिरो खुला भए पनि नयाँ ठाममा पहिरो खसेको छ । प्रजिअ न्यौपानेले पहिरो खुला गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments